सोच

म तिमीमा ज्वजल्यमान तेज देख्छु
तिमी बाटै उभ्द्रूत नौलो एक भूगोल देख्छु
तिमी  भित्रै परिक्रामी अनेक सौर्य मण्डल देख्छु
के एकै छिन
तिमी मेरो सोच बनिदिन सक्छौ?

म तिमीमा प्रबल इच्छाशक्तिको मुहान देख्छु
तिमी भित्रै अंकुरित सकारात्मकताका सुनौला बिज देख्छु
तिम्रै सपना पछ्याउँदै विकासोन्मुख केही महल देख्छु
के एकै छिन
तिमी मेरो सोच बनिदिन सक्छौ?

Leave a comment